linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेज बीच फेरि झडप

1.52K
shares

काठमाडौं । पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच फेरि झडप भएको छ । झडपपछि दुवै देशहरूले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन् ।

बढ्दो तनावका कारण सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकबाट स्थानीय नागरिकहरूले राति आ–आफ्नो घर छोड्नु परेको बीबीसीले जनाएको छ ।कन्धार शहरका एक अस्पताल स्रोतले बीबीसीलाई स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको जानकारी दिएको समाचारमा उल्लेख छ ।दुवै पक्षले गएराति गोलीबारी भएको पुष्टि गरेका छन् । चार घण्टासम्म चलेको संघर्षको सुरुवातका लागि दुवै मुलुकले एक–अर्कामाथि दोष लगाएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले तालिबानले बिना कुनै कारण गोलीबारी गरेको आरोप लएका छन् ।तालिबानका एक प्रवक्ताले पनि पाकिस्तानले आक्रमण गरेपछि आफूहरू जवाफ दिन बाध्य भएको प्रतिक्रिया दिएका छन् ।पछिल्लो झडपका कारण पाकिस्तानका तर्फ भएको क्षतिको कुनै विवरण प्राप्त हुन सकेको छैन । विगत केही महिनायता दुवै देशबीच पटक–पटक छिटपुट लडाई हुँदै आएको छ ।

यसबीचमा अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानमाथि देशभित्र प्रवेश गरेर हवाई आक्रमण गरेको पनि आरोप लगाएका थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports