विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतदाता नामावलीमा नाम दर्ता गरेका र २० फागुनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले निर्वाचनमा मत हाल्न पाउने

1.52K
shares

काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गरेका र २० फागुनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत हाल्न पाउने भएका छन् ।

निर्वाचन आयोगको २० मंसिरको निर्णय अनुसार यस्तो व्यवस्था मिलाएको हो । ‘प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरी मिति २०८२/८/५ सम्म देशभरबाट संकलित मतदाताको विवरणलाई अद्यावधिक गर्ने गरी आयोगबाट मिति २०८२/८/२० मा निर्णय भएको छ,’ आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन भएपछि २६ मंसिरसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सकिनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports