कस्तो रहला आज मङ्गलबारको मौसम ?
वि.सं.२०८२ मंसिर २३ मंगलवार ०८:५९
shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभरको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।





































