जाँचबुझ आयोगले आज सशस्त्रका आईजिपी अर्यालसँग बयान लिदैँ
वि.सं.२०८२ मंसिर २३ मंगलवार १२:०२
shares

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा घटेका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रमुखको बयान लिँदैछ ।
आयोगले आज सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको बयान लिँदै छ । अर्यालको सकिएसँगै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको बयान लिइने छ ।
आईजीपी कार्की जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) थिए ।
आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङको बयान लिइसकेको छ ।






































