हेटौँडा बजार क्षेत्रको सडक विस्तार विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा मिसिल झिकाउने आदेश
वि.सं.२०८२ मंसिर २६ शुक्रवार १५:११
shares

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्रबार भएको बहस तथा छलफलमा सडक विस्तार सम्बन्धी मुद्दाका मिसिल झिकाउने आदेश भएको हो ।
डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध विन्दवासिनी कंसकार समेतले १६ मङ्सिरमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्चले सुनुवाइ गर्दै उक्त मुद्दासम्बन्धी विगतमा भएका अदालतको निर्णय र विचाराधीन मुद्दाको मिसिल झिकाउने आदेश भएको हो ।सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा आगामी पुस २ गते पेसी तोक्दै अन्य आदेश गरेका हुन् । उक्त आदेशअनुसार आगामी पेसीमा सो मुद्दाका विगतका निर्णयहरू हरेर छलफल हुनेछ ।
रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर दायर गरेको उक्त मुद्दामा मङ्सिर १९ मा उत्प्रेषण आदेश गरेको थियो ।
































