२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेमा पदाधिकारीको संख्या फेरी बढाईयो

2.89K
shares

काठमाडौं । नेकपा (एमाले) ले विधान महाधिवेशनबाट गरिएको संगठनात्मक संरचना सम्बन्धी निर्णय परिवर्तन गरेको छ।

पार्टीले पदाधिकारी संख्या बढाउँदै स्थायी कमिटीलाई यथावत् राख्ने निर्णय गरेको हो।यसअघि विधान महाधिवेशनले पदाधिकारी १५ मा सीमित गर्ने र स्थायी कमिटी नराख्ने व्यवस्था गरेको थियो। तर हाल अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पदाधिकारी संख्या १९ कायम गरिएको छ।

नयाँ संरचनाअनुसार अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन्। साथै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरिएको हो । यससँगै एमालेको केन्द्रीय कमिटी पुनः ३०१ सदस्यीय बनेको छ, जुन संख्या विधान महाधिवेशनअघि पनि कायम थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports