नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन

1.47K
shares

विराटनगर। नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो ।

नेपाली कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका अनुसार शनिबार साँझ उपचारका क्रममा उपाध्यायको निधन भएको हो। मोरङका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौंमा बस्दै आएका थिए ।उपाध्याय तत्कालिन मोरङ क्षेत्र नम्बर-१ (हाल २) बाट दुई पटक निर्वाचित सांसद हुन् । २०५६ सालको उपनिर्वाचनमा चुनाव जितेका उनी शिक्षा मन्त्री पनि भए।

२०५६ सालमा गिरिजाप्रसाद कोइरालाले मोरङ र सुनसरीबाट चुनाव जितेका थिए । मोरङको क्षेत्र नम्बर १ छाडेपछि भएको उपनिर्वाचनमा उपाध्याय विजयी भएका थिए । उनले पहिलो संविधानसभा निर्वाचित पनि जितेका थिए।कांग्रेस नेता यदु विष्टका अनुसार मोरङमा कांग्रेसबाट २०६४ सालको पहिला संविधानसभा निर्वाचनमा जित्ने उपाध्याय एक्ला नेता हुन् । ‘२०५६ को उपनिर्वाचन पछि पहिलो संविधानसभाको निर्वाचन जित्ने मोरङमा एक्लो हुनुहुन्थ्यो उहाँ, दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित हुनुभयो,’ कांग्रेस नेता विष्ट भन्छन्,‘ दास्रो संविधानसभा निर्वाचनपछि उहाँको धर्मपत्नीको निधन भयो, त्यसपछि उहाँ विस्तारै सक्रिय राजनीतिबाट टाढा हुनुभयो ।’

उनका अनुसार उपाध्याय शालिन बौद्धिक नेता हुन्। ‘जनतासँग प्रत्यक्ष संवाद गरेर मात्रै प्रजातान्त्रको जग बलियो बन्छ भन्नुहुन्थ्यो उहाँ,’ विष्ट भन्छन्,‘ राजनीतिक आन्दोलनका क्रममा पटक पटक जेल पनि पर्नुभयो।’साधारण जीवनशैलीका कारण सक्रिय राजनीतिमा हुँदा उनी कार्यकर्तामाझ लोकप्रिय थिए। ‘उहाँको विशेषता एक पटक चिनेका मान्छेलाई बिर्सनुहुन्नथ्यो, सबैलाई नामले नै बोलाउनुहुन्थ्यो,’ उपाध्यायसँग निकट रहेका पत्रकार कुमोद अधिकारी भन्छन्,‘जीवनशैली पनि उहाँको निकै सरल थियो।’

मोरङको आमगाछीका बासिन्दा उपाध्याय गिरीजाप्रसाद कोइरालाका विश्वासपात्र पनि थिए। भारतबाट राजनीतिशास्त्रका स्नातक उपाध्याय दुई छोरा र एक छोरी छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports