प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीको ‘ह्याट्रिक’

2.56K
shares

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन् । लगातार तेस्रो कार्यकाल पार्टी अध्यक्षमा निर्वाचित हुँदै ओलीले ‘ह्याट्रिक’ गरेका हुन् । उनी ०७१ साउन यता निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा छन् ।

भृकुटीमण्डपमा बिहीबार सम्पन्न ११औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ओली १ हजार ६६३ मत मतसहित निर्वाचित भए । उनका एकमात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५ सय ६४ मत प्राप्त गरे ।२०७१ साल असारमा भृकुटीमण्डपमै भएको नवौँ महाधिवेशनमा ओलीले अध्यक्ष पदमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले पराजित गरेका थिए । त्यतिबेला ओली १ हजार ४७ मत प्राप्त गरी विजयी हुँदा नेपालले एक हजार ३ मत पाएका थिए ।

२०७८ साल भदौमा एमाले विभाजन भएपछि चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा ओलीले सर्वसम्मत अध्यक्ष बन्न चाहे पनि पूर्वउपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिएपछि मतदान प्रक्रियामा जानु परेको थियो । त्यस महाधिवेशनमा ओली एक हजार ८३७ मत ल्याएर विजयी हुँदा रावलले २२३ मत प्राप्त गरेका थिए ।भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबाट सत्ताच्यूत भएका तत्कालीन प्रधानमन्त्री ओली पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस पेचिलो हुँदै गएपछि नियमित महाधिवेशनलाई एक वर्ष अगाडि आयोजना गरेर नेतृत्वमा आफ्नो पकडलाई मजबुत बनाएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports