सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ईश्वर पोखरेल समूहको काठमाडौंमा छुट्टै भेला

1.39K
shares

नेकपा (एमाले)को ईश्वर पोखरेल समूहले काठमाडौंमा छुट्टै भेला गरेको छ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा शनिबार पोखरेल समूहको छुट्टै भेला जारी छ।११ औं महाधिवेशनमा पोखरेलले छुट्टै समूह बनाएर अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। उनी अध्यक्षमा केपी ओलीसँग पराजित भएका थिए।भेलामा पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई, सचिव उम्मेदवार गोकुल बाँस्कोटा लगायतका नेताहरू सहभागी छन्।

पोखरेल पक्षबाट पदाधिकारीतर्फ उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका थिए।महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथ लिएका थिए भने शुक्रबार केन्द्रीय कमिटीको पहिलो बैठक बसेको थियो।दोस्रो बैठक पुस २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने तय छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports