सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापति रवि लामिछानेको आगामी निर्वाचनमा भोट नबाँड्न मतदातालाई आग्रह

1.37K
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा भोट नबाँड्न मतदातालाई आग्रह गरेका छन्।

भरतपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले पुराना दलहरूलाई जिरो बनाएमात्रै देश हिरो बन्ने बताए।‘अबको निर्वाचनमा भोट बाँडेर नदिनुहोला। कि हामीलाई जिरो, कि यिनलाई जिरो बनाइदिनुस्। एक पटक यिनलाई जिरो पारेर हेरौं, त्यसपछि बल्ल नेपाल हिरो हुन्छ,’ लामिछानेले भने, ‘बोल्यो भने समस्या पर्छ कि भन्नुहुन्छ साथीहरू मलाई तर म एउटा कुरा बताउँछु–जनताको मुद्दा बोकेर हिँडेपछि कि सिंहदरबार पुगिने कि नख्खु पुगिन्छ। तर उठाएको मुद्दा छोड्नेवाला छैन।’

उनले आफू सिंहदरबार वा नख्खु जता जान पनि तयार रहेको बताए।धरौटीमा रिहा भएर चितवन आइपुगेका लामिछानेले भरतपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफूलाई सांसद, मन्त्री नचाहिएको बताए।‘म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। सांसद, मन्त्री बन्न त रोकौला मान्छे बन्न त दिन्छौ होला नि?,’ लामिछानेले भने, ‘मलाई अनागरिक बनायौ, जबरजस्ती झूटा मुद्दा लगाएर संसदबाट निकाल्यौं। तर जनताको मनबाट बाहिर निकाल्न सक्यौ? सक्छौ भने जनताको मनबाट बाहिर निकाल। म तयार छु।’उनले आफूमाथि झूटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टर चढी भागेको बताए।

अहिलेको सरकारले जेन–जी आन्दोलनको एजेण्डलाई बोकेर गए जनताको समर्थन मिल्ने दाबी पनि उनले गरे।अघिल्ला सरकारबाट मप्रति प्रतिशोध साँधियो। ढुक्क हुनु म बाट प्रतिशोधपूर्ण राजनीति हुँदैन। जेन–जीले जेका लागि बलिदानी दिएको थियो त्यसमा अडिक बन्यो भने अहिलेको सरकार हामी सघाउनेछौं। रास्वपा सतिसाल बनेर खडा हुनेछ। म काठमाडौं गएर प्रधानमन्त्रीज्यूलाई पनि भेट्नेछु।’लामिछानेले भदौ २३ गतेका दिन मान्छे मार्नेका विरूद्ध जनता सडकमा निस्किएको बताए। तर त्यतिखेर सरकारमा रहनेहरूले २३ गतेको कुरा नगरी २४ गतेको मात्रै कुरा गरिरहेको उनले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports