सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेश सभाको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता

1.42K
shares

मधेस प्रदेश सभाको सभामुख पदका लागि दुई जना प्रदेश सभा सदस्यहरूले उम्मेदवारी दर्ता गराएका छन्।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारूढ ७ दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराएको प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिए।

जसपा नेपालको प्रमुख सचेतक समेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा (माओवादी केन्द्र) का फकिरा महतो समर्थक रहेका छन्।

सभामुख उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो।यता त्रिलोकी प्रसादको उम्मेदवारीमा नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदादेवी थापा प्रस्तावक तथा जयचन्द्र प्रसाद पटेल समर्थक छन्।सभामुख उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports