सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अष्ट्रेलियालाई हराउँदै भारत यु १९ विश्वकपको फाइनलमा

507
shares

 

अष्ट्रेलियालाई फराकिलो अन्तरमा हराउँदै भारत चौथो पटक यु १९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।गए राती भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ९६ रनले हराउँदै उपाधिका लागि इङ्ल्याण्डसँगको भिडन्त पक्का गरेको हो।

भारतले दिएको २९१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा अलआउट हुँदै १९४ रनमा समेटियो। उसका लागि लचलान स ले सर्वाधिक ५० रनको योगदना दिए। कोरी मिलरले ३८, क्याम्पवेलले ३० ज्याक सिनफिल्डले २० तथा टोम ह्विट्नीले १९ रन जोडे।

भारतका लागि विक्की ओस्तवालले ३ विकेट लिए। रवि कुमारले २ तथा कौशल ताम्बे र अंगक्रिश रघुबंशीले १-१ विकेट हात पारे।त्यसअघि कुलिज क्रिकेट मैदान, एन्टिगुआमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय यु १९ टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९० रन बनाएको थियो। उसका लागि कप्तान यश धुलले सतकीय इनिङ्स खेले। ११० बल खेलेका धुलले १० चौका र १ छक्कासहित ११० रन बनाए। यस्तै उपकप्तान शेख रसिदले ९४ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि २०४ रनको साझेदारी गरेका थिए।

भारतका लागि यु १९ विश्वकपमा सतक प्रहार गर्ने धुल तेस्रो कप्तान हुन्। यसअघि विराट कोहली र उन्मुक्त चन्दले यु १९ विश्वकपमा सतक प्रहार गरेका थिए।ओपनर ब्याटर अंगक्रिश रघुवंशीले २० बलमा ६ रन बनाउँदा अर्का ओपनर हरनूर सिंहले २८ बलमा १६ रन बनाएर आउट भएका थिए।३७ रनमा २ विकेट गुमाएको भारतका लागि धुल र शेख रशीदले उत्कृष्ट पारी खेल्दै टिमलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए।अन्तिम १० ओभरमा १०८ रन बनाएको भारतले अन्तिम ओभरमा विकेटकिपर ब्याटर दिनेश बानाले ४ बलमा २ चौका र २ छक्कासहित २० रन जोडे।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports