आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रत्यक्षतर्फका उम्मेदवारको खर्चको सिमा तोकियो, २५ देखी ३३ लाख सम्म

1.33K
shares

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकेको छ । आयोगको सोमबार बसेको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकेको हो।

७७ जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र अनुसार फरक-फरक खर्चको सिमा निर्धारण गरिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कम्तिमा २५ लाखदेखि बढीमा २७ लाखसम्म खर्च गर्न पाउने सिमा तोकिएको हो ।आयोगका अनुसार बढीमा २५ लाखसम्म रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं १, काठमाडौं ३, काठमाडौं ६, काठमाडौं ७ र काठमाडौं ८ रहेका छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले खर्च गर्न सक्ने सिमा पनि तोकिएको छ । जसमा सम्बन्धित राजनीतिक दलले पेश गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्इा अनुसार प्रति उम्मेदवार २ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

निर्वाचन खर्चमा मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवम विद्युतीय माध्यम सामाजिक सञ्जालसमेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports