जसरी भएपनि निर्वाचन हुन्छ भन्नुको अर्थ के ?
वि.सं.२०८२ पुस १६ बुधवार १३:०१
shares

काठमाडौ । आउँदो फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन हुनेमा सरकार आशावादी देखिएको भपनि सरकारले निर्वाचनको वातावरण भने बनाउन सकेको छैन । निर्वाचन गराउने जिम्मेवारी पाएको निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त भने जसरी भएपनि निर्वाचन गराई छाड्ने अभिव्यक्ति दिइरहेका छन् । उनको अभिव्यक्ति सुन्दा लाग्छ उनले जे गरेर र जस्तोसुकै अवस्थामा पनि निर्वाचन गराईछाड्ने कसम खाएको जस्तो देखिन्छ । जसरी भएपनि निर्वाचन हुन्छ भन्नुको अर्थ के ?
राजनीतिक दलहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेरै निर्वाचनको वातावरण बनाउन नसकेको बताइरहेका छन् । निर्वाचन हुनका लागि राजनीतिक दलहरु गाउँ गाउँ टोल टोलमा पुगेर जनतालाई मतदान गर्न आग्रह गर्नुपर्ने हुन्छ तर अहिले गाउँ गाउँमा होइन काठमाडौ उपत्यकाभित्रै त्यस्तो वातावरण बनेको छैन ।
सुशिला कार्की नेतृत्वको सरकारले जेनजीहरुको एक समूहलाई मात्र मान्यता दिएको भन्दै विभिन्न समूहका जेनजीहरुले प्रधानमन्त्री कार्कीको राजिनामा माग गरिरहेका छन् भने उनीहरुले अहिलेकै अवस्थामा निर्वाचनमा भाग नलिने र निर्वाचन समेत हुन नदिने अभिव्यक्ति दिइरहेका हुनाले ठुला भनिएका राजनीतिक दलका नेताहरुले निर्वाचनका वातावरण बनाउ सरकार असफल भएको बताइरहेका छन् ।
पुराना भनिएका र विघटित संसदका ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले नाम परिवर्तन गरेर केही अन्य दलहरुलाई मिलाएर गठन गरिएका नेपाली कम्युनिष्ट पार्टीले निर्वाचनमा नजाने भनेका छैनन् । उनीहरुले त निर्वाचनको वातावरण बनाउन सरकारले नसकेको मात्र भनेका छन । तर सरकार र निर्वाचन आयोग भने जसरी भएपनि निर्वाचन गराईछाड्ने भन्दै कराउँदै आएका छन् ।
निर्वाचन निर्वाचनका लागि मात्र नभएर समस्याको समाधानका लागि निष्पक्ष धाँधली रहित निर्वाचन हुनुपर्दछ तर अहिले त्यस्तो अवस्था देखिएको छैन भाद्र २३ र २४ गतेको आन्दोलनमा जेलबाट भागेका वा भगाइएको ५ हजार भन्दा बढी कैदीबन्दीहरु जेल बाहिरै रहेको र प्रहरीका लुटिएका हतियारहरु समेत प्रहरीले नियन्त्रणमा लिन नसकेको अवस्थामा जसरी भएपनि निर्वाचन हुन्छ भन्ने ती कैदीबन्दीहरु प्रयोग हुने त होइन भन्ने प्रश्न समेत उब्जिएको छ ।






































