प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व गृहमन्त्री लेखकको स्थानहद र पासपोर्ट फुकुवा

2.21K
shares

काठमाडौँ – निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको स्थान हद फुकुवा भएको छ।

भदौ २३ र २४ गतेको घटना जाँचबुझ आयोगले लेखकको स्थान हद र विदेश भ्रमणमा लगाएको रोक फुकुवा गरेको हो।आयोगले बिहीबार गृह मन्त्रालयमार्फत लेखकको स्थान हद र विदेश भ्रमणमा लगाएको रोक फुकुवा गरेको जानकारी गराएको हो।

असोज १२ गतेको आयोगको बैठकले तत्कालीन गृहमन्त्री लेखकलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबिना काठमाडौँ छाड्न नपाउने निर्णय गरेको थियो।लेखकले सोमबार आयोगसमक्ष बयान दिएका थिए। उनको बयान सकिएसँगै आयोगले स्थान हदसमेत फुकुवा गरेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports