प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निकोलस भुसालसँग वार्ता गर्न सरकारले बनायो समिति

2.03K
shares

काठमाडौं । अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० दिनदेखि विभिन्न माग राख्दै अनशन बसेका भुषालसँग वार्ता गर्न समिति गठन गरेको हो ।

भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीको प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।विभिन्न माग राखी केही दिनदेखि अनसनरत भुसालको नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन गरी खनाललाई संयोजक तोकिएको छ । उक्त वार्ता टोलीमा ३ सदस्यसमेत रहेका छन् ।

सदस्यहरूमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन् ।भुसालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, प्रदेश खारेजीलगायतका विभिन्न मागहरू राखेर माइतीघरमा अनशन बसेका थिए । बुधवार उनको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि वीर अस्पतालमा लगिएको छ । उनको अहिले उपचार जारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports