सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी विभाजनको विपक्षमा : सभापति देउवा

1.39K
shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताएका छन् । पार्टीका २५ केन्द्रीय सदस्यहरूसँग आफ्नै निवास महाराजगन्जमा भएको भेटमा देउवाले मिलेर अगाडि बढ्ने वातावरण निर्माण गर्न आग्रह गरे ।

‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔँ भन्ने म त चाहिनै रहेको छु भन्नुभयो,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले भने । केन्द्रीय सदस्यहरूले भने विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति देउवालाई आग्रह गरेका थिए ।भेटमा केन्द्रीय सदस्यहरू आङगेलु शेर्पा, पुष्पा भुसाल, डा. डिला सङ्ग्रौलासहितका केन्द्रीय सदस्यहरू थिए । केन्द्रीय सदस्य शेर्पाले आफूहरूले सभापति देउवालाई भेटेर अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटिरहेको जानकारी  दिए ।

बिहीबार महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेषको मिति घोषणा गरेपछि कांग्रेसमा महाधिवेशन विवाद चर्किएको छ । त्यो विवाद समाधानको प्रयास गर्न शुक्रबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता टुङ्ग्याएर वडा तहको अधिवेशन सुरु गर्न सभापति देउवालाई सुझाएका थिए ।‘विशेष महाधिवेशन एउटा पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिममा पुगेको छ,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘पार्टी जोगाउन र नियमित महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने वातावरण निर्माण गर्न सभापतिलाई आग्रह गर्‍यौँ ।

पुस १६ गतेका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गर्दै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारी गरिरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports