सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

परराष्ट्रमन्त्री खड्कालाई उनकै गृहजिल्लामा विद्यार्थीहरूले देखाए कालो झण्डा

585
shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाइएको छ । गृहजिल्ला उदयपुर पुगेका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले आज बिहानै कालो झण्डा देखिएको हो ।

गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेका परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटलअघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

परराष्ट्रमन्त्री डा। खड्का त्रियुगा नगरपालिका-८ स्थित अम्बेरसिंह जनता माध्यामिक विद्यालय राजावासको बालबालिकाहरुलाई न्यानो कपडा र त्रियुगा नगरपालिका-९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउने क्रममा कालो झण्डा देखाएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports