तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीले दिए जाँचबुझ आयोगलाई लिखित जवाफ

1.05K
shares

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनासम्बन्धमा छानबिनका लागि बनेको जाँचबुझ आयोग पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमै पुगेको छ ।

आयोगले सोधेका प्रश्नहरुको ओलीले लिखित जवाफ दिएर पठाएको स्रोतले बतायो ।जाँचबुझ आयोगलाई बयान नदिने अडान ओलीले लिँदै आएका थिए ।आफ्नो निवासमै आएमा चिया खुवाएर पठाउने उनले बताएका थिए । नभन्दै आयोगका कर्मचारी लिखित प्रश्नहरु लिएर गुण्डुमै पुगे । ओलीले प्रश्नको लिखित जवाफ दिएको स्रोतले बतायो ।

आफ्नो जवाफमा ओलीले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निस्पक्षतामा प्रश्न उठाएका छन् । कार्कीले घटनाबारे आफ्नो फैसला पहिल्यै सुनाइसकेकाले छानबिनको औचित्य नै नरहेको उनको भनाइ छ ।जेन–जी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन पूर्वप्रधानमन्त्रीलाई प्रश्नसहितको पत्र पठाएको थियो ।आयोग प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीसहित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि विभिन्न प्रश्न सोधेर पत्र पठाइएको हो ।

ओलीले प्रश्नका आधारमा ‘उत्तर’ हरु आयोगलाई पठाइसकेको शर्माले पनि पुष्टि गरे । देउवा र प्रचण्डको जवाफ आउन बाँकी रहेको उनले बताए ।‘पूर्वप्रधानमन्त्रीज्यूहरुको मर्यादामा कुनै ठेस पुग्नुहुँदैन भन्नेमा हामी सचेत छौँ, त्यसैले जे कुरा उहाँसँग सोध्नु, बुझ्नुपर्ने हो, ती कुरा हामीले लेखेरै पठाएका छौँ’, उनले भने । त्यसअनुसार ओलीको जवाफ प्राप्त भएको र अन्य दुई पूर्वप्रधानमन्त्रीको जवाफ आउने चरणमा रहेको उनले बताए ।

ओलीलाई केही दिनअघि नै पत्र प्राप्त भएको र त्यसको जवाफ लेख्ने कुरा भएको उनको सचिवालयका सदस्य तथा एमाले केन्द्रीय सदस्य किरण पौडेलले बताए ।‘आयोगबाट कसैलाई पत्र पठाइएको थियो र पत्र ल्याउने साथीले नै जवाफ पनि लैजानुभएको हो’, उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports