काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।
आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले मनोनयनको निर्णय गरेको हो। मनोनित सबै सदस्यहरूले शपथ ग्रहण गरेका छन्।पार्टीका अनुसार बालेन शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ भने महामन्त्रीको भूमिकामा सुनिल लम्साल नियुक्त भएका छन्। भुपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल सचिवालय सदस्य बनेका छन्।
केन्द्रीय सदस्यका रूपमा लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैधिक, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन्।






































प्रतिक्रिया