तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वीरगञ्जमा निषेधाज्ञा आदेश जारी

1.12K
shares

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको हो ।

वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

त्यहाँको मस्जिद तोडफोड, आगजनीलगायतको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो । त्यस्तै हिन्दुको मन्दिर तथा देविदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए ।

आज बिहान १० बजे फेरि हिन्दुवादी संगठनहरूले वीरगञ्जमा प्रदर्शन गरेका थिए । प्रजिअ दाहालका अनुसार दुवै समुदायको प्रदर्शनलाई ख्यालमा राखेर निषेधाज्ञा जारी गरिएको हो । प्रशासनले वार्ताबाट विवाद समाधान खोज्ने प्रयास भइरहेको पनि जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports