सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेसले राष्ट्रियसभामा तालमेलका लागि अन्य दलहरूसँग ८ सिट माग्यो

1.01K
shares

काठमाडौँ । माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभामा तालमेलका लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग ८ सिट मागेको छ । १८ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ८ सिट मागेको हो ।

तालमेल गर्ने विषयमा अन्य दलसँग भएका छलफलबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा ब्रिफिङ गरेका छन् ।खड्काले निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे ब्रिफिङ गरेका कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले जानकारी दिइन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले कांग्रेसले तालमेल गर्न आफ्नो तर्फबाट ८ सिटको दाबी प्रस्तुत गरेको जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा गराएको जानकारी दिइन् ।

कार्यवाहक सभापति खड्काले बैठकमा गरेको ब्रिफिङबारे कोइरालाले सञ्चारकर्मीहरूसँग भनिन्, ‘राष्ट्रियसभा निर्वाचनमा गठबन्धन हुने निश्चित छ। कार्यवाहक सभापतिज्यूले कांग्रेसले गठबन्धनका तर्फबाट ८ सिट दाबी गरेको ब्रिफिङ बैठकमा गर्नुभएको छ ।’राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबिच तालमेलका लागि कुराकानी भइरहेको छ । कांग्रेसबाट खड्का र नेताहरूले अन्य दलसँग छलफल गरिरहेका छन् । दलहरूबिच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटे पनि कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports