आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति ट्रम्पको भारतले रुसबाट तेल खरिद कम गर्ने आफ्नो माग पूरा नगरे भन्सार शुल्क बढाउने चेतावनी

208
shares

नयाँ दिल्ली । अमेरिकाका राष्ट्रपति डोलाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद कम गर्ने आफ्नो माग पूरा नगरे भन्सार शुल्क (ट्यारिफ) बढाउने चेतावनी दिएका छन् ।
उनले मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘मोदी राम्रो मान्छे हुन्। म खुसी थिएनँ भन्ने उनलाई थाहा थियो, र मलाई खुसी पार्नु महत्वपूर्ण थियो,’ ट्रम्पले आइतबार पत्रकारहरूसँग भने,’ उनीहरू तेलको व्यापार गर्छन् हामी छिट्टै ट्यारिफ बढाउन सक्छौँ ।’अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भारतको वाणिज्य मन्त्रालयले यस विषयमा अहिल्यै कुनै प्रतिक्रिया नदिएको जनाएको छ ।

व्यापारिक विषयमा यसअघि पनि अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्म कर बढाएको थियो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पबीचको वार्तापछि अमेरिका पछि हटेको थियो ।ट्रम्पले अक्टोबरमा भएको भेटमा मोदीले रुसबाट तेल किन्न बन्द गर्ने आश्वासन दिएको तर अहिलेसम्म कार्यान्वयन नगरेको गुनासो पनि गरेका छन् । रोयटर्सले ट्रम्प-मोदीबीचको भेटमा यसबारे कुरै नभएको स्पष्टीकरण दिएको छ ।

यो मुद्दामा ट्रम्पका नयाँ टिप्पणीले भारत र अमेरिकाबीच कूटनीतिक सम्बन्धमा नयाँ तनाव सुरु भएको आकलन गरिएको छ । रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो ।यसअघि ट्रम्प प्रशासनका धेरै अधिकारीहरूले रुसले यो तेल व्यापारबाट प्राप्त आय युक्रेनमा युद्धका लागि प्रयोग गर्ने गरेको आरोप लगाएका थिए । साथै भारतले पनि रुसी तेल फेरि बेचेर अर्बौं डलर कमाइ गरिरहेको आरोप लगाइएको छ । ट्रम्पद्वारा भारतमाथि भारी ट्यारिफ लगाउने कदमलाई मुख्य रूपमा पुटिनमाथि युक्रेन आक्रमण रोक्न दबाब दिने रणनीतिका रूपमा हेरिएको छ ।

अगस्ट २०२५ मा अमेरिकाबाट भारतीय वस्तुहरूमा ५० प्रतिशत ट्यारिफ लागेपछि निर्यात क्षेत्रमा ठूलो झट्का लागेको बताइएको छ । अमेरिकातर्फ हुने करिब ४८–५० अर्ब डलरको निर्यात प्रभावित भयो, जुन कुल निर्यातको १८–२० प्रतिशत हो । सबैभन्दा बढी असर कपडा, छाला, आभूषण, सी-फुड र अटो क्षेत्रमा परेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports