सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस-एमालेले जित्ने निर्वाचन नगराउने रे, के यो सम्भव छ, कति बर्ष : एमाले अध्यक्ष ओली

1.01K
shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुनसक्ने अवस्था नरहेको तर भइहाले आफ्नो पार्टीले भाग लिने बताएका छन् ।

तर, कांग्रेस–एमालेले जित्ने अवस्थामा चुनाव नगराउने षडयन्त्र भइरहेको उनको दाबी छ ।नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले मुखले चुनाव भने पनि सरकार चुनाव गराउने मनस्थितिमा नरहेको आरोप लगाएका हुन् ।

‘म सुन्दैछु एमाले–कांग्रेसले चुनाव जित्छ भने चुनाव नगराउने अरे, अनि फलानाले जित्छ भने मात्र गराउने रे । उनीहरू (नयाँ दल)ले २० वर्षसम्म जित्नेवाला छैनन् के गर्ने ? २० वर्ष चुनाव नगराउने ? म फेरि दोहोर्‍याएर भन्छु चुनाव गराए एमालेले जित्छ । अब के गर्ने हामीले यो नभन्दिनु पर्ने ? उहाँहरूले जित्नुहुन्छ, उहाँले प्रधानमन्त्रीमा अगाडि सार्नु भएका व्यक्तिले महान काम गरेको छ भनेर भन्नुपर्ने ?’ ओलीले प्रश्न गरे ।

प्रहरी प्रसाशन लगायत सरोकारवालालाई सोध्दा चुनाव हुनसक्ने अवस्था छैन भन्ने जवाफ आउने गरेको ओलीले बताए ।‘चुनाव हुनसक्ने अवस्था छैन, प्रहरीलाई सोध्यो भने हुनसक्ने अवस्था छैन । सरकारले सेना परिचालन गरेर शान्तिपूर्ण गराउने भन्छ । के सेना गएर मतदान अधिकृतको रूपमा बस्न हो ? ब्याक फोर्सको रूपमा काम गर्ने होइन ?’ उनले भने ।

प्रहरीको आत्मबल म्यादी प्रहरीलाई कन्ट्रोल गर्ने अवस्था समेत नरहेको भन्दै मतदातालाई बाटोमै रोकिएमा के गर्ने भनेर ओलीले प्रश्न गरे ।‘प्रहरी नपुगेर म्यादी राख्दैछौं । म्यादी प्रहरी को भन्ने यकिन छ ? त्यसलाई कन्ट्रोल गर्न प्रहरी पुग्दैन । त्यस्तो अवस्थामा सेना परिचालन अचुक अस्त्र हो ? बाटैमा मतदाता रोकिदियो भने ? यो सबै कुराको कसरी व्यवस्था गर्ने ?’ ओलीले भने, ‘तैपनि चुनाव भयो भयो हामी चुनावमा सहभागी हुन्छौं । चुनाव जित्छौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports