सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाले समानुपातिक सूचीमा राखेका डा. रामजी रामले पनि फिर्ता लिए उम्मेदवारी

910
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत आफूले समानुपातिक प्रतिनिधिको बन्द सूचीबाट नाम फिर्ता लिएको बताएका छन्।‘म संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ। सामाजिक चेतनाका थुप्रै मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिन्छ भन्ने विश्वास मेरो जीवनको अभ्यास हो। त्यसैले, दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै म समानुपातिक बन्द सूचीबाट आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ उनले लेखेका छन्।

उनले आफू फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा आवाज उठाइरहने बताएका छन्।यसअघि आजै सिर्जना सिज्जुले पनि उम्मेदवारी फिर्ता लिएकी छन्। योसँगै रास्वपाबाट आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports