सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गुरुङलाई डुबाउने भए अर्यालले

429
shares

काठमाडौ । ललिता निवास बालुवाटार जग्गा काण्डको पर्दाफास हुने क्रम जारी रहेको बेला अनेक नयाँ तथ्यहरु बाहिर आउन थालेपछि भू माफियाहरु राजनीतिक शरणमा पर्न थालेका छन् । व्यक्तिको नाममा गएको जग्गा मध्येको २५ रोपनी जग्गा शोभाकान्त ढकाल, रामकुमार सुवेदी र भाटभटेनीका मालिक मीन बहादुर गुरुङ्ग र उनको परिवारका नाममा रहेको छ भने गुरुङ्गले आफ्नो परिवारको नाममा समेत जग्गा खरिद गरेको भूमि व्यवस्था विभाग सूत्रले जानकारी दिएको छ । करिब ६० रोपनी जग्गा उनीहरुले आफ्ना परिवारका नाममा सामूहिक स्वामित्वमा ल्याएर बेचविखन गरिसकेका छन् । अहिले उनीहरुले बेचेको जग्गा खोजविन भइरहेको छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा रहेको उच्चस्तरीय छानविन समितिले भूमाफिया भनि किटानी गरिएका शोभाकान्त ढकाल र सुवेदीको नाममा ९ कित्ता जग्गा देखिएको छ । सरला गुरुङ्ग, उमाकुमारी ढकाल र माधवी सुवेदीका नाममा करिब २ रोपनी १३ आना जग्गा रहेको छ यी सबै ढकाल, सुवेदी र गुरुङ्ग परिवारका सदस्य हुन् । सरला मिनबहादुर गुरुङ्ग, उमा, शोभाकान्त ढकाल र माधवी सुवेदीकी पत्नी हुन् । मीनबहादुर गुरुङ्गका छोराको नाममा झण्डै ५२ आना जग्गा रहेको छ ।

मीनबहादुर गुरुङ्गले भाट भटेनीको नाममा ३ रोपनी ९ अना १० कित्ता पत्नीको नाममा, ४ रोपनी १४ आना जग्गा राखेका छन् । गुरुङ, ढकाल र सुवेदीमध्ये सुवेदीले कानुनी छिद्रा खोज्ने, ढकालले राजनीतिक नेतृत्वलाई साथमा लिने र गुरुङ्गले पैसाको व्यवस्था गर्ने जिम्मेवारी बाँडेका थिए । गुरुङ्गलाई त्रिकोण एभरटाइजिङ्ग एजेन्सीका प्रोपाइटर राजेन्द्र अर्यालले सहयोग गर्दै आएका थिए । पछिल्लो समयमा अर्याल मारवादी समुदायको सहयोगमा एनआइसी एसिया बैंकका सञ्चालक समितिका सदस्य भएपछि उनले गुरुङ्गलाई हातमा लिएर बैंकमा समेत भाँडभैलो मञ्चाउन थालेका छन् ।

बैंकको सूचना आफ्नो एजेन्सीमार्फत प्रकाशित गर्न कानुनी अड्चन देखिएपछि आफ्नै एजेन्सीमा काम गर्ने कर्मचारीको नाममा अर्को एड्भरटाइजिङ्ग एजेन्सी खोली सोही एजेन्सीबाट एनआइसी एसिया बैंकको सबै सूचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा उनले प्रकाशित गर्ने र मीन बहादुर गुरुङ्गको काठमाडौ स्टील प्रालिलगायत मीन बहादुर गुरुङ्गका कानुनी सल्लाहकार राणा थरका एक वरिष्ठ अधिवक्तालाई साथमा लिएर उनले ललिता निवास सम्बन्धी रुक्म शमशेर राणा परिवारको नामबाट दैनिक पत्रपत्रिकाहरुमा विज्ञप्ति प्रकाशित गर्ने जिम्मेवारी समेत पाएका छन् । गुरुङ्गकै सहयोगमा एनआरएनलाई समेत उनले ललिता निवासको विवादित जग्गा खरिद गर्न लगाएर ठुलो आर्थिक लाभ लिएको उनलाई चिन्नेहरुले बताउन थालेका छन् ।

मीन बहादुर गुरुङ्गलाई पछिल्लो समयमा सहयोग गर्दे आएका विभिन्न व्यक्तिहरुलाई एक जुट गराएर राजनीतिक व्यक्तिहरुलाई समेत प्रलोभनमा पार्ने कार्यमा अर्याल सक्रिय रहेका र त्यसै क्रममा राष्ट्रिय वाणिज्य बैंकमा उच्च तहका पदाधिकारीहरुलाई समेत उनले प्रयोग गर्न थालेका छन् । राष्ट्रिय वाणिज्य बैंकका उच्च तहका केही पदाधिकारीहरुको सम्बन्ध गुरुङ्गसँग रहेको र उनीहरुले गर्दा नै नेकपाका महासचिव विष्णु पौडेललाई ललिता निवासको जग्गा अप्ठ्यारो पर्दा सहयोग गर्ने सर्तमा उपहार स्वरुप दिएको सुत्रले दाबी गरेको छ । पछिल्लो समयमा ललिता निवास जग्गा काण्डले निकै चर्चा परिचर्चा पाएपछि अर्याल, सुवेदी, ढकाल र गुरुङ्ग अनि राष्ट्रिय वाणिज्य बैंकका श्रेष्ठ थरका व्यक्ति मिलेर पूर्वप्रधानमन्त्री माधव नेपालको घरमा एक गोप्य बैठक समेत बसेका थिए ।

माधव नेपाल प्रधानमन्त्री भएका बेला मै ललिता निवास जग्गासम्बन्धी निर्णय भएकाले उक्त काण्डलाई कसरी राफसाफ गर्ने भन्नेमा उनीहरुले परामर्श गरेका र त्यसको चाँजोपाँजो मिलाउने जिम्मेवारी समेत अर्यालको सहयोगमा गुरुङ, ढकाल, सुवेदीसहित अन्य केही व्यक्तिहरुले मिलाउने गरी त्यही अनुरुपको कार्यमा उनीहरु अगाडि बढ्ने सहमति गरेको सुत्रले बताएको छ । पछिल्लो समयमा एनआइसी एसिया बैंकको सञ्चालक समितिको सदस्य भएको नाताले अर्यालले बैंकमा समेत हस्तक्षेप गरी ऋण प्रवाहमा समेत हस्तक्षेप गर्न थालेको बैंक सूत्रले बताएको छ । यस विषयमा राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने उनीहरुले बताउन थालेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports