तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा प्रतिनिधिसभाको सदस्यका लागि यि हुन सम्भावित एमालेका उम्मेदवार

1.04K
shares

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाएको छ ।

जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार क्षेत्रको विस्तारित बैठक, निर्वाचन क्षेत्रको सिफारिसको आधारमा जिल्लाले सुझाव माथिल्लो कमिटीमा पठाएको हो । अब यी नाम प्रदेश कमिटीले रूजु गरेर केन्द्रीय सचिवालयमा पठाउने छ ।क्षेत्र नम्बर १ बाट मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकाल सिफारिस भएका छन् । काठमाडौं–२ बाट मणिराम फुयाल एकल रूपमा सिफारिस भएका भएका छन् ।

क्षेत्र नम्बर ३ मा रामेश्वर फुयाल, कृष्ण राई, शान्ति श्रेष्ठको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ मा डा. राजन भट्टराई एकल सिफारिस भएको छ । क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ ।उनले उठ्ने इच्छा नदेखाए किरण शाह ठकुरी, दीपक निरौला, दीपेन्द्र श्रेष्ठ, नारायण सिलवाल, बाबुलाल डंगोल, शान्ति बस्नेत, अधिकारीमध्येबाट उम्मेदवार बनाउन जिल्लाले सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर ६ मा अमनकुमार मास्के, रामेश्वर बोहरा, रुक्मणी भण्डारी सिफारि भएका छन्। क्षेत्र नम्बर ७ मा सपना अर्याल बानिया, प्रेमलाल श्रेष्ठ, प्रकाश श्रेष्ठ सिफारिस भएका छन् ।क्षेत्र नम्बर ८ मा पनि राजेश शाक्य एकल सिफारिस भएका छन् । क्षेत्र नम्बर ९ मा कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र मीना काफ्ले सिफारिस भएका छन् ।

क्षेत्र नम्बर १० मा विनोद श्रेष्ठ, सुरेन्द्र मानन्धर, सरस्वती खड्का रिजाल उम्मेदवार सिफारिस भएको निरौलाले जानकारी दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports