२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगको समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह

1.82K
shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।२१ फागुनमा हुने निर्वाचनका लागि दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक सूची पठाएका थिए । त्यसमा नाम रहेका र फिर्ता लिन चाहनेलाई आयोगले यही पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका १२ जना भन्दा बढीले नाम फिर्ताको घोषणा गरेका छन् । नेकपा एमालेमा समेत पाँच जनाले नाम फिर्ताका लागि पार्टीमा निवेदन दिएका छन् ।नाम फिर्ता लिन चाहनेले आयोगमा स्वयम उपस्थित भएर वा वारेस मार्फत समेत निवेदन दिन सक्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports