तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली र भारतीयले नेपालबाट भारतमा १ सयभन्दा साना दरका भारु नोट तथा सिक्का असीमित संख्यामा लैजान पाउने

1.05K
shares

काठमडौं । नेपाली र भारतीयले नेपालबाट भारतमा १ सयभन्दा साना दरका भारु नोट तथा सिक्का असीमित संख्यामा लैजान पाउने भएका छन् ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सानामात्र नभई २ सय र ५ सय दरका भारु पनि तोकिएको सीमाभित्र रहेर ल्याउन र लैजान सक्ने वयवस्था गरेको हो ।सरकारले ठूला दरका भारु पनि नेपालमा प्रयोग गर्न सकिने निर्णय गरेसँगै त्यसलाई औपचारिकताका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो । त्यसभन्दा भारतले नेपाली नागरिकले २५ हजारसम्मका ठूला दरका नोट ल्याउन लैजान सक्ने व्यवस्था गरेसँगै नेपालले पनि ल्याउन सक्ने व्यवस्था गरेको हो ।

नेपाली र भारतीयले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का, करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था राजपत्रमा उल्लेख छ ।भारतीय रुपैयाँ १ सयभन्दा ठूला दरका नोट र नेपाली मुद्राको हकमा भने फरक व्यवस्था गरिएको छ ।

कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारु ५ सय र १ हजार दरका नोट कारोबार गर्न पाइने छैन । २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २ सय र ५ सय दरका नोट नेपाली वा भारतीयले प्रतिव्यक्ति भारु २५ हजारको सीमासम्म भारतबाट नेपालमा भिर्त्याउन र नेपालबाट भारतमा लैजान सक्ने राजपत्रमा उल्लेख छ ।

नेपाली मुद्राका हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी र भारतीय मुद्राका हकमा भारत बाहेक अन्य देश लैजान वा पठाउन पाइँदैन ।विदेशी विनिमय सटही कारोबार गर्ने इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाबाट कानुन बमोजिम प्राप्त विदेशी मुद्रा नेपालबाट बाहिर लैजान वा पठाउन पाइने छैन ।

विदेशीका हकमा राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउन परे निजले नेपाल प्रवेश गर्दा आफूसँग ल्याएको नगद विदेशी मुद्राका हकमा त्यस्तो विदेशी मुद्राको रकम भन्सार अधिकृत समक्ष घोषणा र प्रमाणित गरेको हुनुपर्ने छ ।कसैले यो सूचना बर्खिलाप काम कारबाही गरे विदेशी मुद्रा जफत हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुने सरकारले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports