विभाजन उन्मुख नेपाली कांग्रेस मिलाउने चार घण्टाको वार्ता निष्कर्षविहीन
वि.सं.२०८२ पुस २९ मंगलवार २०:०९
shares

काठमाडौँ । विभाजन उन्मुख नेपाली कांग्रेसलाई मिलाउन चार घण्टा बसेको वार्ता बिना निष्कर्ष सकिएको छ ।
मंगलबार बालुवाटारमा बसेको वार्ता बिना निष्कर्ष सकिएको र आजै फेरि बस्ने तयारी रहेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए ।’अहिले कुनै निष्कर्ष निस्किसकेको छैन आजै फेरि बसेर निष्कर्ष निकाल्ने तयारी छ’, पौडेलले रातोपाटीसँग भने। वार्ता समितिका अर्का एक सदस्यका अनुसार नेता परिवर्तन गर्ने विषयमा कुरा मिलिरहेको छैन ।
विशेष महाधिवेशन पक्षधरका वार्ता समिति सदस्यले नेता परिवर्तन नगरी नहुने बताएका छन् भने संस्थापन पक्ष पक्षीय वार्ताकारहरूले त्यो विषय मानेका छैनन् ।महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा को अगुवाइमा भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन चलिरहेको छ ।
त्यो महाधिवेशनलाई संस्थापन र इतर समूहका नेता डाक्टर शेखर कोइराला समूहले स्वीकारेको छैन। यी दुई विषयलाई मिलाउन समूहले नेताहरू बालकृष्ण डक्टर मीनेन्द्र रिजाल सह महामन्त्री जीवन परियार र रमेश लेखक रहेको वार्ता समिति बनाएका छन् ।
त्यस्तै विशेष महाधिवेशन पक्षधरका तर्फबाट केन्द्रीय सदस्यहरू पौडेल र मधु आचार्य तथा गुरु घिमिरे र देवराज चालिसे रहेको वार्ता समिति बनाइएको छ। वार्ता समितिको बैठक बिहान पनि बसेर निष्कर्षविहीन भएको थियो ।


































