रास्वपाले हामी माथि पोलिटिकल क्राईम गर्यो : घिसिङ
वि.सं.२०८२ माघ १ बिहीवार १४:२४
shares

काठमाडौ । कुलमान घिसिङ यतिबेला निकै संकटमा परेका छन् । हतार हतारमा जान्नेलाई छान्ने पार्टीमा उज्यालो नेपाल नामक पार्टीलाई समाहित गरेपछि उनलाई तनाव बढ्दै गएको थियो । घिसिङले रास्वपासँग एकता गर्दा रास्वपाले आफुसँग भएको सहमति उल्लघन गरेको आरोप लगाउँदै आएका छन् । रास्वपासँग सहमति हुँदा घिसिङलाई उपसभापति दिने र समानुपातिक ३० प्रतिशत उज्यालो नेपाललाई दिने सहमति भएको भएपनि १८ जनालाई मात्र उमेदवार बनाउने कुरा भयो त्यसमा पनि एक जना बाहेक अरु कोही जित्न नसक्ने अवस्थामा राखियो ।
जेनजीहरुको विरोध प्रदर्शनलाई मध्यनजर गरेर उज्यालो नेपालले एउटै शक्ति बनोस् भनेर रास्वपासँग सहमति गरेको थियो तर रास्वपाले सहमति उल्लंघन मात्र गरेन हामीमाथि जुन धोका भयो त्यो पोलिटिसकल क्राईम नै हो । उज्यालो नेपाल नामक पार्टी कुलमान घिसिङकै सक्रियतामा उनी मन्त्री भएकै बेला खोलिएको थियो भने पार्टीका अध्यक्षमा अनुप उपाध्यायलाई राखिएको थियो तर हर्ताकर्ता घिसिङ नै थिए ।
घिसिङले सुशिला कार्की नेतृत्वको सरकारबाट राजिनामा दिएपछि उनी आफैँ उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका छन् । तर उज्यालो नेपाल पार्टी निर्माण गर्दाका धेरै व्यक्तिहरु रास्वपामै रहेकाले घिसिङलाई संकट पर्दै गएकाले अबको उनको राजनीतिक यात्रा कसरी अघि बढ्छ भन्ने प्रश्न समेत खडा भएको छ ।
रास्वपाभित्र विवाद बढेपछि उज्यालो नेपाल पार्टीले समानुपातिक तर्फको उम्मेदवार बन्द सूचीमा राख्न नसकेको हुनाले अर्को पार्टीको बन्द सूचीमा उज्यालो नेपालका उम्मेदवारहरु राखेको भएपनि कानुनी रुपमा उनीहरु उज्यालो नेपालका सांसद हुन सक्ने अवस्था देखिँदैन । जुन पार्टीको बन्द सूचीमा राखिएका छन् त्यो पार्टीलाई अब घिसिङले आफ्नो पार्टीमा समाहित गर्नुपर्ने अवस्था देखिएकोले गर्दा घिसिङका राजनीतिक यात्र कठिन मोडमा पुगेको छ । निर्वाचन हुने समय नजिक आएकाले घिसिङले पार्टी विस्तार गर्न सक्ने सम्भावना समेत कमजोर बन्दै गएको छ ।



































