गगन थापा नेतृत्वको काँग्रेसले पार्टीको विवरण अधावधिक गर्न निर्वाचन आयोगमा दियो विवरण
वि.सं.२०८२ माघ १ बिहीवार १५:३२
shares

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो ।सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् ।
उनले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधानको व्यवस्था अनुसार महाधिवेशन भएको जनाकारी समेत गराएका छन् ।महाधिवेशन विधानको धारा १७ को उपधारा २ अनुसार भएको जानकारी दिएका छन् । यो विधानको बाध्यकारी व्यवस्था भएको र त्यो व्यवस्था अन्तर्गत भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाले अब नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्नुपर्ने बताए ।





































