दुई महिला सचिव असली बदली
वि.सं.२०८२ माघ ३ शनिवार ०८:४१
shares

काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवको अदलीबदली गरेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत सचिव लक्ष्मीकुमारी बस्नेतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।






































