कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले दियो मान्यता, गगन थापा सभापति
वि.सं.२०८२ माघ ३ शनिवार ०८:४६
shares

नेपाली कांग्रेस पार्टीको आधिकारिकता गगन थापा पक्षलाई प्रदान गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै निर्वाचन आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।
आयोगको शुक्रबार बसेको बैठकले कांग्रेसको विशेष महाधिवेशनलाई वैधता प्रदान गर्नुका साथै विशेष महाधिवेशन पछि चयन भएको नेतृत्वलाई अद्यावधिक निर्णय गरेको हो ।ज्ञातव्य छ, २७-३० पुससम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो भने शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा शुक्रबार बिहान आयोगमा निवेदन दिँदै आफूहरू आधिकारिक भएको दाबी गरेको थियो ।
ज्ञातव्य छ, निर्वाचन आयोगको फैसलाविरुद्ध कांग्रेस देउवा पक्षले सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन सक्नेछ ।






































