२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्सेको सीईओमा कृष्ण बहादुर कार्की नियुक्त

1.07K
shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।

छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो । पाल्लपा स्थायी घर भएका कार्की बुढीगण्डकी आयोजनाको प्रमुख थिए । सीईओ नियुक्त भएपछि उनले अब आयोजनाबाट राजीनामा दिने बताएका छन् ।

नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजनीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports