तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाका निवर्तमान १४ सांसद बने उम्मेदवार , ५ ले टिकट पाएनन्, २ ले पार्टी छोडे

936
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १४ जना निवर्तमान सांसद प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

विघटित प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद थिए । त्यसमध्ये १४ जना उम्मेदवार बनेका हुन् । पाँच जनाले टिकट पाएनन् । बाँकी दुई जना निवर्तमान सांसदले यसबीचमा रास्वपा नै छोडेर बसेका छन् ।रास्वपा सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । उपसभापति डोलप्रसाद अर्याल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र अर्का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।

विघटित प्रतिनिधिसभामा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट उम्मेदवार छन् । रास्वपाका प्रवक्ता मनिष झा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।रास्वपाका निवर्तमान सांसद गणेश पराजुली काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट उम्मेदवार छन् । अर्की निवर्तमान सांसद सोविता गौतम चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी छन् ।विघटित प्रतिनिधिसभामा सचेतक रहेकी निशा डाँगी झापा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी छन् । निवर्तमान सांसद डा. तोसिमा कार्की ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार छिन् ।

निवर्तमान सांसद शिशिर खनाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार छन् । अर्का निवर्तमान सांसद् अशोककुमार चौधरीे सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।विघटित प्रतिनिधिसभामा उपसभामुख रहेकी इन्दिरा राना झापा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छिन् ।निर्वतमान सांसद विनिता कठायत जुम्ला र हरि ढकाल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन् ।रास्वपाका तर्फबाट विघटित प्रतिनिधिसभामा रहेका पाँच जना सांसदले भने टिकट पाएनन् । जसमा निवर्तमान सांसदहरू विन्दबासिनी कंशाकार, डा. चन्दा कार्की (भण्डारी), असिम शाह, लक्ष्मी तिवारीे र शिव नेपाली रहेका छन् ।यसबीचमा रास्वपाका दुई जना निवर्तमान सांसदले भने पार्टी नै छाडेका छन् । ती हुन्– सुमना श्रेष्ठ र सन्तोष परियार ।

श्रेष्ठ अन्य कुनै दलमा जोडिएकी छैनन् । परियार भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा छन् । उनी प्रलोपाको पाँच सदस्यीय अध्यक्ष परिषद्को एक सदस्य हुन् । उनी समानुपातिक सूचीमा बसेका छन् ।२७५ सदस्यीय प्रतिनिधिसभाका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयनको समय मंगलबार भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports