२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेन प्रयोग भए स्वार्थ त रविकै पूरा हुन्छ

2.17K
shares

 

काठमाडौ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनमा धेरै राजनीतिक दलहरुले सहभागिता जनाउने भएका भएपनि प्रतिस्पर्धा भने पुराने पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा र कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल, राप्रपा र जसपाहरुबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।
रास्वपाले जान्नेलाई छान्ने भन्दै आएको भएपनि पहिला कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाललाई आफ्नो पार्टीमा समाहित गरेको भएपनि १२ दिन नवित्दै उज्याले नेपाल अलग भयो भने बालेन साहलाई रास्वपाले आफ्नो पार्टीको वरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । साह झापा ५ बाट उम्मेदवार बनेका छन् ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दाहरु खेपिरहेकाले रास्वपाले बालेनको लोकप्रियतालाई मध्यनजर गर्दै उनलाई वरिष्ठ नेता र भावि प्रधानमन्त्री घोषणा गरेको हो । रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेका भएपनि लामिछानेले महान्यायाधिवक्ता कार्यालयमा आफूमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्कालिन सरकारले प्रतिशोधका कारण लगाएको भन्दै निवेदन दिएका थिए । त्यही निवेदनको आधारमा कानुनको खिल्ली उडाउँदै महान्यायाधिवक्ता सविता भण्डारीले मुद्दा फिर्ता लिने निर्णय गरी सबै सरकारी वकिल कार्यालयमा पत्र पठाइसकेकी छन् ।
रवि लामिछानेका ती दुई मुद्दा फिर्ता गर्न अदालतले आदेश दिएमा रविलाई प्रधानमन्त्री बन्न बाटो खुल्नेछ । भावि प्रधानमन्त्रीका उम्मेदवार बनाइएका बालेन साहका पक्षका केही व्यक्तिहरु निर्वाचित भएपनि त्यो संख्या रास्वपाको भन्दा कम हुने र पार्टी सभापति सहितका पदाधिकारीहरु रवि पक्षकै भएका हुनाले बालेन पक्ष त्यसबेला एक्लो हुने र रविलाई प्रधानमन्त्री बनाउने मत रास्वपाले ल्याएको खण्डमा रवि पक्षले बालेनलाई अस्वीकार गर्दै रवि नै अघि बढ्न सक्ने सम्भावना रहेको छ । रविले बडो चलाखीपूर्ण ढँगबाट बालेनलाई प्रयोग गरि आफ्नो स्वार्थ पूरा गर्न लागि परेको हुनाले बालेन पक्ष रास्वपामा अल्पमतमा पर्ने निश्चित जस्तै भएकाले रविले त्यसबेला आफैँ अघि बढ्न सक्ने र अदालतले रविलाई सफाई नदिएसम्मात्र बालेनलाई अघि बढाउने सम्भावना रहेको छ ।
बालेन झापा ५ बाट निर्वाचनमा पराजित भएको खण्डमा बालेन पक्ष रास्वपाबाट अलग हुन सक्ने भएपनि पार्टी विभाजन हुन आवश्यक संख्या बालेनसँग नहुने भएकाले बालेन पक्ष आफैँ अलग हुन सक्ने अवस्था देखिन्छ । रविले बडो चलाखीपूर्ण तवरले रास्वपालाई ठुलो पार्टी बनाउन र आफ्नो स्वार्थ पूरा गर्न बालेनलाई प्रयोग गरेकाले रवि र बालेनको मिलन केही महिना अर्थात ८÷१० महिना भन्दा बढी जान सक्दैन भन्ने चर्चा राजनीतिक बृत्तमा चलेको छ । राजनीतिज्ञहरुका अनुसार बालेन प्रयोग भए स्वार्थ रविकै पूरा हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports