सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डको मिसाइल, वामदेवको नयाँ पार्टी

533
shares

काठमाडौं । २०७४ को संसदीय चुनावमा बर्दिया १ बाट चुनाव हारेपछि पनि प्रधानमन्त्री बन्न अनेक दाउपेच गरेका वामदेव गौतमले च्याँखे बल्झाउन नसकेपछि न्वारानदेखिको बल लगाएर चुनाव हरुवा भए पनि केपी ओलीको सरकारको सिफारिसमा २०७७ सालमा राष्ट्रिय सभामा मनोनित भएर सांसदको पगरी गुथ्न सफलता हासिल गरेका थिए ।

उनी एमालेका उपाध्यक्ष पनि थिए, राजीनामा दिएर न यता, न उताका हालतमा रहेका वामदेव गौतमले प्रचण्डसँग भेटवार्ता गरेको केही दिनमै नयाँ पार्टी खोल्ने भएछन् ।

वामदेव गौतमका निकट स्रोतहरुले सार्वजनिक गरेका छन्– केही दिनमै पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भइरहेको छ । यो पार्टी वामदेवले खोल्ने हो कि प्रचण्डको नयाँ मिसाइलको रुपमा आउने हो ? भनेर विश्लेषकहरु विश्लेषण गर्न थालेका छन् ।

सबैलाई थाहा छ, वामदेव गौतम नै हुन् जसले २०५४ मा नेकपा विभाजन गरेका थिए, पछि २०५८ मा एमालेमै सामेल हुन पुगे र अहिले त्यो माले सीपी मैनालीले चलाइरहेका छन् ।

ओली मन परेन, एमालेको महाधिवेशनमा पनि सहभागी भएनन् । पार्टी फुटाएका माधव नेपालतिर पनि गएनन् । भनिन्छ, वामदेव नेकपा माओवादी केन्द्र प्रचण्ड निकट छन् ।

अब हेर्नुछ, ५ दलीय गठबन्धन बनाएर देउवालाई परमादेशवाट प्रधानमन्त्री बनाउन सफलता हासिल गरेका प्रचण्डले वामदेवको नयाँ पार्टीलाई कुन खालको मिसाइल बनाउने हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports