विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी पास होला कि नहोला भन्ने बहस चक्र्यो

663
shares

काठमाडौं । एमसीसीका बारेमा अनेकथरि डरलाग्दा प्रचार भइरहेपछि एमसीसी नेपालले कुनै पनि गोप्य सम्झौता नभएको र सबै कागजात सार्वजनिक गरिएको खुलासा विज्ञप्ति मार्फत निकालेको छ । तथापि एमसीसी नेपालको स्पष्टोक्तिले नेपालीलाई बुझाउन सकेको छैन ।

जनप्रतिनिधिहरु विभाजित मनस्थितिमा छन् । नागरिक समाज विभाजित छ, बुद्धिजीवीहरु पार्टी र नेताहरुले के भन्छन् भनेर कान ठाडो पारेर बसेका छन् । सरकारले, संसदले कसैले पनि एमसीसी नेपालका लागि उपयोगी हो होइन भनेर जनतालाई बुझाएका छैनन् । जनमत एमसीसी विरुद्धमा उम्लिरहेको छ ।
एमसीसीका मुख्य योजनाकर्ता डा. बाबुराम भट्टराई बनेका छन् । उनी जनयुद्धका कमाण्डर हुन्, माओवादीबाट प्रधानमन्त्री बन्दै अहिले विपरित ध्रुव मधेशवादी पार्टी जसपाका नेता बनेका छन् ।

उनी भन्छन्– भारत,चीन र अमेरिकासँग गतिशील सन्तुलन राख्ने कि एकापट्टि आश्रित बन्ने ? अमेरिकी अनुदान सहयोग नलिने हो भने वल्र्ड बैंक, एसियाली विकास वैंक, इन्टरनेशनल मनिटरी फण्डसँग के गर्ने ? अमेरिकी पुँजी अछुत भए चीन, भारत र अन्यका ?
यही भाषामा भाषा मिसाउँदै प्रधानमन्त्री भन्छन्– एमसीसी सम्झौतामा कहाँ छ राष्ट्रघात ? मैले त देखिन । यो पास गरिहाल्नुपर्छ ।

एमसीसी तत्काल पास गर्ने तयारी भएपछि प्रचण्ड र माधव नेपालले २६ गतेसम्मका लागि सभामुखमार्फत संसदको बैठक कोरोनाको बहानामा रोकेका छन् । जेठ ४ गते स्थानीय तहको चुनावमा गठबन्धन मिलाएर जाने सहमतिपछि एमसीसी पास हुने सम्भाबना बढेर गएको छ । डा.बाबुराम भट्टराईले सरकारलाई भनेका छन्– नेपाल सरकारले एमसिए नेपाल मार्फत नेपाली र सबै प्रमुख राष्ट्रिय भाषामा सम्झौताका सबै दस्ताबेज÷पत्र अनुवाद गरेर स्थानीय सरकार मार्फत निःशुल्क जनतामा बाड्नु उपयुक्त होला । नत्र शंकाले लंका खाने भो !

एमसीसी गर्ने पार्टी, पक्ष विपक्षमा उभिने नेताहरु । सडकमा जनतालाई लडाउन पनि यिनै उद्दत छन् । स्पष्ट धारणा नेपाली कांग्रेस र व्यक्तिगत रुपमा डा.बाबुराम भट्टराई बाहेक कसैले बोलेका छैनन् । संसदमा पुगेको विषयलाई सहमति नलिने भनिदिनु वा लिने भन्नु, किन अवसरवादीहरुका जिब्रो तालुमा टाँस्सिरहेको होला ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports