भारतीय फिल्मका लागि नेपाली कलाकारको माग
वि.सं.२०७८ माघ २१ शुक्रवार १४:३१
shares
मुम्बई । अक्षय कुमारको मुख्य भूमिका हुने बलिउड फिल्म ‘गोरखा’ले नेपाली कलाकारको लागि अडिसन आह्वान गरेको छ ।आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको फिल्मले अडिसन सूचना जारी गर्दै नेपालबाट महिला र पुरुष कलाकारको आवेदन मागेको हो।
जनवरीमै अडिसन मागिएपनि इच्छुक कलाकारले फेब्रुअरी ५ सम्म मात्र आवेदन दिन सक्नेछन् । इच्छुकलाई आफ्नो परिचय दिने भिडिओ पठाउन भनिएको छ ।





































