सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

युएईलले आफ्नो राष्ट्रिय दिवसको उपलक्ष्यमा २६७ नेपाली कैदीलाई दियो आममाफी

1K
shares

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले आफ्नो राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा त्यहाँका विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरिदिएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गदै सो विषयमा जानकारी दिएको हो ।

“यूएईको ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)को शुभ अवसरमा २६७ नेपाली कैदीहरूलाई उदारतापूर्वक दिइएको माफीको लागि नेपाल सरकार यूएई सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मैत्रीपूर्ण सम्बन्ध र मानवीय नाताले २६७ नेपालीको कैद सजाय माफ गर्ने यूएई सरकारको निर्णयलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्रले जनाएको छ । यसले नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।

परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधको सुनुवाइ गर्दै यूएईले नेपालीलाई माफी दिने निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ । “अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नभएको अवस्थामा, माफी पाएका नेपाली नागरिकहरू यूएईको प्रचलित कानुनद्वारा तोकिएबमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्,” विज्ञप्तिमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports