सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब राजनीतिक दल बिभाजित हुन पुरानै ब्यबस्था, केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत अनिवार्य

1.03K
shares

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ जारी गरेको छ । राजपत्रमा प्रकाशित नयाँ नियमावलीले हालको व्यवस्थालाई खारेज गरेको हो ।

पार्टीबाट फुटेर नयाँ दल गठनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ४० प्रतिशत चाहिने छ । यसअघि राजनीतिक दल सम्बन्धी नियमावली २०७४ मा रहेको व्यवस्था अनुसार केन्द्रीय समितिको २० प्रतिशत वा संसदीय दलको २० प्रतिशत सदस्य भएमा पनि दल विभाजन गर्न मिल्ने व्यवस्था थियो ।

संशोधनले २० प्रतिशतको सीमालाई बढाएर छ । भने अब कम्तीमा ४० प्रतिशत चाहिने छ । अब कुनै पनि दलबाट छुट्टिएर नयाँ दल दर्ता गर्नका लागि केन्द्रीय समिति र सङ्घीय संसदको संसदीय दलको कम्तीमा ४० प्रतिशत सदस्य अनिवार्य चाहिने छ ।प्रकाशित नियमावलीको नियम ५ मा गरिएको यो संशोधनले साविकको महाधिवेशनबाट निर्वाचित भन्ने पदावलीलाई समेत परिमार्जन गर्दै समग्र केन्द्रीय समितिको संख्यालाई आधार मानेको छ ।

यो नियमावली राजपत्रमा सूचना प्रकाशित भएसँगै लागू भएको छ । यो नयाँ नियमसँगै राजनीतिक दलभित्र सानो समूहले चाहेकै भरमा पार्टी फुटाउन पाउने बाटो बन्द भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports