सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालका लागि नवनियुत्त चिनीयाँ राजदूत निर्वाचन अघि नै नेपाल आउने

1.98K
shares

काठमाडौँ । चीन सरकारले नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चाङ माओमिङलाई पठाउने भएको छ । चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक भएको काम गरिसकेका चाङ फागुनको पहिलो हप्तातिर नेपाल आइपुग्ने बताइएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले चाङको नियुक्तिका लागि नेपाल सरकारलाई बुझाएको एग्रिमो स्वीकृत भइसकेको र अबको एक हप्ताभित्र नेपाल आइपुग्छन् । चाङ नयाँ वर्ष मनाएर मात्र नेपाल जाने तयारीमा भए पनि नेपालमा भइरहेको चुनाव र बदलिँदा भूराजनीतिका कारण चाँडै आउन लागेको स्रोतले जनाएको छ ।हाल, तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आएका छन् । नेपाली राजनीतिमा त्यसले व्यापक चर्चा पाएको छ । चीनले त्यसमा सरकार समक्ष असन्तुष्टि जनाएको कुरा पनि बाहिर आएको छ ।

यस अवस्थामा नव नियुक्त राजदूत चाङलाई चाँडै पठाएको बताइएको छ । तीन वर्षको कार्यकाल पूरा गरी चिनियाँ राजदूत चेन सोङ चीन फर्किसकेपछि त्यो ठाउँमा चाङ आउन लागेका हुन् ।नयाँ राजदूत चाङलाई नेपाल मामिलाको जानकार मानिन्छ । उनी नेपालका लागि नयाँ होइनन् उनी विभिन्न समयमा नेपालको भ्रमण गरिसकेका छन् । नेपालीमा भएको उच्चस्तरीय भेटघाटमा उनी पटक–पटक संलग्न भइसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports