नेपाल इटलीसँग १० विकेटले पराजित
वि.सं.२०८२ माघ २९ बिहीवार १८:००
shares

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ ।
एन्थोनी मोस्का र जस्टिम मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गरेको हो । टी-२० विश्वकपको नेपाल पहिलो पटक १० विकेटले पराजित भएको थियो ।समूह सी मा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमै दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्याण्ड विरुद्ध ४ रनले पराजित भएको थियो । लगातार दुई हारपछि अंकविहिन नेपालको सुपर एट सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध पराजित भएको इटलीले भने टी-२० विश्वकपमा आफ्नो पहिलो जित हात पारेको हो । यस संस्करणमा डेब्यु गर्ने एक मात्र टोली इटलीले विश्वकपमा आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको हो ।
इंग्ल्याण्ड विरुद्ध ठूलो स्कोर पछ्याउँदा पनि नेपालले उत्कृष्ट ब्याटिङ गरेको भन्दै विश्वभरबाट प्रंशसा भएको थियो । तर इटली विरुद्ध भने नेपालको ब्याटिङ फितलो बन्दा १२३ रनमै अलआउट भए ।इटलीका मोस्का दाजुभाई (एन्थोनी र जस्टिन) ले लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात दिलाएका थिए । मोस्का ब्रदर्सले ६ ओभरको पावर प्लेअकै ६८ रन बनाउँदै इटलीको जितको आधार बनाएका थिए ।दुवैले ११औं ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए । सन्दीप लामिछानेले बलिङ गरेको उक्त ओभरको चौथो बलमा जस्टिनले सिंगल लिएर अर्धशतक पूरा गरेका थिए भने अर्को बलमा एन्थोनीले छक्का हान्दै अर्धशतक बनाए ।
त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा १२३ रनमा अलआउट भएको हो ।इटलीको स्पीनरको उत्कृष्ट बलिङ सामु नेपाली ब्याटरहरुले संघर्ष गर्दा पूरा ओभर समेत ब्याटिङ गर्न सकेन ।नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । बाँकी खेलाडीले २० रनको आँकडा समेत छुन सकेनन् । करण केसीले केमियो इनिङ्स खेल्दै अविजित १८ रन जोड्दा उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे ।नेपालबाट आशा गरिएका ओपनर कुशल भुर्तेल र पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गरेका लोकेश बम इटली विरुद्ध चल्न सकेनन् । दुवै जना सिंगल डिजिट स्कोरमा आउट भए ।
नेपालको स्कोर ८ रनमात्र हुँदा ओपनर कुलश भुर्तेल व्यक्तिगत ५ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।पहिलो विकेट गुगेपछि कप्तान रोहित र आसिफ शेखले ४१ रनको साझेदारी गर्दै नेपालको इनिङ्स बिल्ड गर्दै सेट भएका थिए ।तर नेपालको स्कोर ४९ हुँदा दुवै खेलाडी आउट भए । कप्तान रोहितले आज केही छिटो ब्याटिङ गर्दै १४ बलमा २ छक्का प्रहार गरी २३ रन बनाए । अर्का ओपनर आसिफले २० बलमा २० रन जोड्दा २ चौका प्रहार गरे । इटलीका विकेटकिपर जियन पिएरो मिडले निकै चलाखीपूर्ण तरिकाले आसिफलाई स्टम्प गराएका थिए ।त्यसपछि उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्दै अघि बढाए । चौथो विकेटका लागि यो जोडीले ४४ रनको साझेदारी गरे । उपकप्तान दीपेन्द्रल १८ बलमा १७ रन बनाएर आउट भए ।
पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गर्दै सबैको प्रशंसा पाएका लोकेश बम आज ५ बल खेल्दै ३ रन बनाएर आउट भए ।एक छेउ सम्हालिरहेका आरिफ शेख नेपालको स्कोर १०० पुगेपछि छैटौ विकेटका रुपमा आउट भए ।त्यसपछि १७औं ओभरमा नेपालले २ विकेट गुमायो । गुल्सन झा ४ बलमा ३ रन बनाएर आउट भए । उनलाई क्रिसन कालुगमागेले आउट गरे । सोही ओभरमा नन्दन यादव खाता नखोली रनआउट भए ।त्यसपछि करण केसीर सन्दीप लामिछानेले २१ रनको साझेदारी गरे । करणले ११ बलमा अविजित १८ रन जोडे ।नेपालको इनिङ्सलाई दबाबमा राख्न इटलीका स्पीनर हावी भए । इटलीका स्पीनर मिलेर ६ विकेट लिएका थिए । इटलीका लागि लेगस्पीनर क्रिसन कालुगमागेले सर्वाधिक ३ विकेट लिए । यस क्रममा उनले ४ ओभरमा १८ रन खर्चिए । यस्तै अफ ब्रेक बलिङ गर्ने बेन्जामिन मानेन्टीले ४ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए ।
गम महिना अष्ट्रेलियामा भएको बिग बास लिगमा सिड्नी सिक्सर्सबाट खेलेका उनी त्यसलगत्तै इटली टिममा समावेश भएका थिए । टी२० विश्वकपअघि उनले जम्मा ३ विकेट लिएका थिए । आज जेपाल विरुद्धको प्रदर्शन उनको उत्कृष्ट बलिङ प्रदर्शन हो ।अर्का स्पीनर जेजे स्मट्सले १ विकेट लिए । यस बाहेक पेस बलर अली हसन र जसप्रित अलीले १-१ विकेट लिए । नेपालका एक खेलाडी रनआउट भए ।नियमित कप्तान वायन म्याडसने स्कटल्याण्ड विरुद्ध पहिलो खेलमा घाइते भएपछि आज ह्यारी मानेन्टीले इटलीको कप्तानी गरेका थिए ।




































