बङ्गलादेशको निर्वाचन : बीएनपी पायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित
वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:४५
shares

काठमाडौं । बंगलादेशमा हिजो (बिहीबार) भएको आम चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत प्राप्त गरेको छ । बीएनपीले बहुमतको आँकडा पार गरेको बंगलादेशी मिडियाहरुले लेखेका छन् ।
मिडिया रिपोर्ट अनुसार बहुमतका लागि १५० सिट आवश्यक रहेकोमा बीएनपीले २९९ सिटमध्ये १६५ सिट जितेको हो ।बहुमत प्राप्त गरेसँगै पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।
रहमानले दुई सिटमा चुनाव लडे र दुवैमा जित हासिल गरेका छन् । रहमान १७ वर्षपछि गत वर्ष बंगलादेश फर्किएका थिए ।
































