विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओली आज दिनभर दमकमा स्थानीयसँग भेटघाटमा व्यस्त रहने

1.79K
shares

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज दिनैभरि दमकका मुख्य चोकहरुमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन् । दमक नगरपालिकाअन्तर्गतका मुख्य चोकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग अध्यक्ष ओलीले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओली आज बिहान ११ बजे दमक ५ को यलम्बर चोकमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सहभागि रहनेछन् । त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शङ्खधर चोकमा स्थानीयसँग भेटघाट कार्यक्रम तय गरिएको छ ।

अध्यक्ष ओली दिउँसो १ बजे दमक ७ मा रहेको तविन चोकमा सहभागि हुने कार्यक्रम रहेको जनाइएको छ । त्यसलगत्तै उनी दिउँसो २ बजे दमकस्थित हवल्दार चोकमा आयोजना गरिएको भेटघाटमा पुग्नेछन् । अपराह्न ३ बजे दमक २ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ । आजै बेलुका ४ बजे दमक ३ स्थित आमचोकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका अन्य पालिकामा स्थानीयसँगको भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका अध्यक्ष ओलीले दमक नगरपालिकाका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । भेटघाटको क्रममा जनताका समस्या, गुनासा सुन्ने र सम्बोधन गर्न सकिने विषयमा पहल गर्ने योजना रहेको छ । जनतासँग गरिएको भेटघाटबाट अध्यक्ष ओलीसँग धेरै आशा, भरोसा र अपेक्षा रहेको स्थानीयले बताएका छन् । स्थानीयले आफ्नै चोकचोकमा आएका अध्यक्ष ओलीसँग भेटघाट संवादबाट उत्साहित भएको प्रतिक्रिया दिने गरेका छन् ।अध्यक्ष ओली हिजो झापा आएपछि नै विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports