तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसले आज जनकपुरमा सभा गर्ने, त्यही सभाबाटै चुनावी प्रतिज्ञापत्र समेत सार्वजनिक गर्ने

1.64K
shares

नेपाली कांग्रेसले आज जनकपुरमा सभा गर्दै छ।

कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा बुधबार कांग्रेसले जनकपुरमा सभा गर्न लागेको हो।यो सभालाई प्रतिज्ञा सभा भनिएको छ।

यही सभाबाट कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दैछ। यसपालि घोषणापत्रलाई कांग्रेसले प्रतिज्ञा पत्र भनेको छ।कांग्रेसले निर्वाचन आयोगलाई भने फागुन ३ गते नै पार्टीको घोषणापत्र बुझाएको थियो।

जनकपुरको सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन्।प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।

जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौँमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ।आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports