सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेस प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन १० भिजन

1.43K
shares

​नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

पार्टी सभापति गगन थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा बुधबार सांस्कृतिक नगरी जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।प्रतिज्ञापत्र सार्वजनिक भएपछि कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ ।

कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ ।कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र संकल्पको आत्मवोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्नसक्ने भावना, कार्ययोजना र आधारसहितको प्रतिज्ञापत्र प्रस्तुत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले दाबी गरे ।पत्रकार सम्मेलनमा उनले प्रतिज्ञापत्रका हरेक अक्षरका प्रष्ट अर्थ रहेको बताए । प्रतिज्ञा पत्रमा उल्लेखित योजना कार्यान्वयनका आधारमा कार्यसम्पादन मूल्यांकन हुनुपर्ने कांग्रेसको चाहना रहेको उनको भनाइ छ ।

प्रतिज्ञापत्र केवल देखाउन मात्रै नभई कार्यान्वयन गरेर समुन्नत नेपाल सम्मानित नेपालीको नारालाई व्यवहारमा ल्याउने प्रतिबद्धता कांग्रेसको छ । ‘नेपाली कांग्रेसले चाहेको यतिमात्र छ कि आगामी दिनहरूमा आम मतदाता र जनताले प्रतिज्ञापत्रको कार्यान्वयनका आधारमा पार्टी, तमाम नेता र कार्यकर्ताको कार्यसम्पादन मूल्यांकन गर्नुहुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले आफ्नो प्रतिज्ञा पूरा गर्न तर,अमुक र अमूर्त कारण देखाएर जिम्मेवारीबाट नभाग्ने समेत बताएको छ । ‘हामी अमुक र अमूर्त कारण देखाएर कहिल्यै जिम्मेवारीबाट पन्छदैनौं ।’

नेपाली कांग्रेसको प्रतिज्ञापत्रलाई सरल शब्दावलीमा ‘भिजन टेन’ को सार–संक्षेपमा प्रस्तुत गरेको छ । जसलाई अर्को शब्दाबली कांग्रेसले ‘काँग्रेस टु प्वाइन्ट जिरो’को जगका रूपमा व्याख्या गरेको छ ।

​यस्ता छन् १० भिजन

१. सम्मानित भएर बाँच्न पाउने नेपाल

२. सपना देख्न सक्ने नेपाल

३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

४. पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

५. ओखती र ओत दिने नेपाल

६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

१०. समुन्नतिमा लम्किने नेपाल

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports