सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीको आग्रह, प्रश्न सोधौ एमाले रोजौ

1.57K
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू प्रश्नबाट कहिल्यै नभागेको बताएका छन् । त्यसकारण प्रश्न पनि सोध्न र एमालेलाई रोज्न उनको आग्रह छ ।

झापा-५ मा मंगलबार भएको ‘पब्लिक डिबेट’ कार्यक्रमको सहभागिताबारे उल्लेख गर्दै ओलीले एमालेले प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति नगरेको बताएका हुन् ।उनको संकेत झापा-५ का अर्का उम्मेदवार बालेन्द्र शाह (बालेन)प्रति छ ।उक्त कार्यक्रममा बालेन थिएनन् । झापा-५ का अरु उम्मेदवार भने थिए ।

‘चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो । उम्मेदवारहरू नागरिक भन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्‍याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन’, ओलीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।

एमालेले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएको ओलीको भनाइ छ । । त्यसैले एमालेमाथि आलोचना र विरोध पनि सुनिने गरेको उनले बताए ।‘कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं । प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौं’, ओलीले लेखेका छन्, ‘पब्लिक डिबेट आयोजना गर्ने आयोजक, त्यसमा भाग लिने उम्मेदवार र सहभागी नागरिक सबैलाई धन्यवाद । म नागरिकहरूको साथमा रहनेछु । प्रश्न सोधौं, एमाले रोजौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports