तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनले नागरिकतामा थर परिवर्तन गरेको भन्दै कारबाही गर्न गृहमन्त्रालयमा उजुरी

1.26K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकतामा भएको थर परिवर्तनको उजुरी गृहमन्त्रालय सम्म पुगेको छ ।

गृहमा उनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह उजुरी परेको हो । आज युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न तथा पाँच वर्ष कैद गर्न तथा एक लाख जरिवाना गर्न पनि सफलले माग गरेका छन् ।

बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ । उनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports